एनएमबि बैंकको विशेष साधारण सभा, कञ्चन बैंक प्राप्ति सम्बन्धी प्रस्ताव पारित

काठाडौं । एनएमबि बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभामा एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ ।

कञ्चन बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः८५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ ।

जसअनुसार कञ्चन डेभलपमेन्ट बैंक लि.का शेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंक लि. को १०० कित्ता बराबर एनएमबि बैंक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात पश्चात बैंकको चुक्ता पुँजी रु. १४ अरव ४५ करोड पुग्नेछ । यस्तै रिजर्भ ७ अर्व ५ करोड पुग्नेछ ।

साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८ पुग्नेछ । बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ । जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *