लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीको अटोमेटिक डिस्पेन्सर बजारमा

काठमाडौं । कोरोना महामारीको प्रकोप बढेसँगै सुरक्षाका उपायहरु थपिँदै गएका छन् । कोरोना संक्रमणबाट बच्ने एउटै उपाय भएकोले स्वास्थ्य सुरक्षाका साधन प्रयोग गर्नेहरुको संख्या बढ्दो छ ।

यसैक्रममा लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले घर र कार्यालय सुरक्षाको लागि अटोमेटिक डिस्पेन्सर ल्याएका छन् । उनीहरुले चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाईएको बताएका छन् । ह्याण्ड एक्स डिपार्टमेन्टका निर्देशक प्रनवजंग पाण्डेले चीनबाट झिकाइएको डिस्पेन्सर अटोमेटिक रहेको छ ।

आफूहरुले आधुनिक र गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएको होम एण्ड अफिस सेफ्टीका प्रोजेक्ट म्यानेजर रवि विष्टले जानकारी दिए । उक्त डिस्पेन्सरमा विभिन्न सब्सीडिज रहेको पनि कम्पनीले जनाएको छ ।

यता लोमसले आफ्नै उत्पादनमा ह्याण्ड स्यानिटाईजर बजारमा ल्याईसकेको छ। उसले ह्याण्ड एक्स नामक स्यानिटाईजर बजारमा ल्याएको छ । ह्याण्ड एक्स नामक स्यानिटाईजर अहिले २५० एम.एल. र ५०० एम.एल. बजारमा उपलब्ध छन् ।

कम्पनीले कोरोनाको जोखिम कम गर्नका लागि ह्याण्ड एक्स स्यानिटाइजर उपयोगी हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *