प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल जारी छ।

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार पुगिसकेका छन् । छलफल सुरु भइसकेको छ । आजको बैठकले विवाद समाधानको बाटो पहिल्याउन सक्ने अनुमान गरिएको छ ।

हिजो (सोमबार) पनि दुवै अध्यक्षबीच छलफल भएको थियो । बैठकमा सकारात्मक छलफल र गम्भीर ढंगले छलफल गरी अघि बढ्ने सहमति भएको स्रोतको भनाइ थियाे । भेटमा नेकपा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेको समेत बताएका थिए ।

पार्टीका नेता/कार्यकर्ताहरूले पनि अध्यक्षलाई मिल्न दबाब दिइरहेका छन् । बुधबार स्थायी समितिकाे बैठक पनि बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *