मिर्मिरे लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ३७,२६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ)का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडबिच धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *