नबिल बैंक र ह्वावे टेक्नोलोजी बीच रणनैतिक साझेदारी

काठमाडौ । नबिल बैंक र हवावे टेक्नोलोजीबीच आज रणनैतिक साझेदारी सम्झौता भएको छ । नेपालको ‘क’ श्रेणीको अग्रणी बैंक, नबिल बैंकले ह्वावे टेक्नलोजीज्सँग आज एक कार्याक्रमकाबिच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा ह्वावै टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका छन् ।

नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले ह्वावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गरका छन् । रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित लिडिङ डिजिटल बैंक बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

ह्वावे टेक्नलोजीज्ले विश्वका सैयौं संस्थाहरुको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रकृयामा सहभागी भई व्यवसायिक रुपान्तरणको यात्रालाई गतिशील तथा सशक्त बनाइ नेपाली ग्राहकलाई अतुलनीय सेवा अनुभवहरु सिर्जना गर्दै जाने बताएको छ ।

कार्यक्रमा बोल्दै ह्वावे टेक्नलोजीज् नेपालका प्रतिनिधिले ह्वावैको क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ–६ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउने विश्वास व्यक्त गरे ।

साथै ह्वावेले आफ्नो वीत्तिय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा ह्वावे नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामाफर्त बैंकलाई आफ्ना ग्राहकलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्न सशक्त बनाई दुई कम्पनी बीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सोही कार्यक्रममार्फत ह्वावेका प्रतिनीधिले हाल विश्वका ५ सय उत्कृष्ठ कम्पनीहरु मध्ये २ सय २८ तथा उत्कृष्ठ एक सय मध्ये ५८ कम्पनीहरुको प्रविधिमा आधारित परिवतर्नका प्रकृयामा विश्वसनीय सहयात्रीको भूमिका निर्वाह गरिरहेको जनाकारी दिएको छ ।

यस्तै ह्वावेले डेटामा आधरित सेवा, खुला बैंकिङ अवधारणा, एन्ड टु एन्ड डिजिटल कनेक्टिभिटी जस्ता उच्च प्राविधिक सेवाहरु मार्फत विश्वव्यापी ग्राहकहरुलाई सबलीकरण गरिरहेको बताएको छ । हाल विश्व भरी १६ सय भन्दा बढी वित्तीय संस्थाहरु ह्वावैका ग्राहक छन् जस मध्ये उत्कृष्ठ ४५ संस्थाहरु सर्वोत्कृष्ठ एक सयमा पर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *