इन्डोनेसियामा बाढी: १६ को मृत्यु २३ बेपत्ता

जाकार्ता । इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । बाढीमा परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।

बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सुलावेसी प्रान्तको मसाम्बा, रोङ्गकोङ र मेल्ए जिल्लाका नदीहरुमा आएको बाढीका कारण त्यहाँका पाँच हजार परिवार प्रभावित भएका छन् ।

आइतबार र सोमबार आएको भीषण वर्षाको कारण ती नदीमा बाढी आएको बताइएको छ । बाढीले कैयौँ भवन, सडक र केही गाउँ नै डुबानमा परेको सो समाचारमा उल्लेख छ । बाढी इलाकामा फसेका व्यक्तिहरुको उद्धार कार्य समेत कठिन भएको अधिकारीहरुले जनाएका छन् । (रासस /एएनआइ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *