रियाले चलाउँथिन् सुशान्तको पैसा, बैंक खाताको छानविन गरिँदै

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनका अधिकांश व्यक्तिगत र व्यवसायिक कुराहरु बाहिर आइरहेका छन् । फिल्म उद्योगका निर्मातादेखि अभिनेतासम्मलाई सोधपुछ गरिसकिएको छ । दिनहुँ नयाँ–नयाँ ट्वीस्ट पनि आइरहेका छन् ।

यस्तैमा सुशान्तको बैंक अकाउन्टको पैसा उनकी दोस्री प्रेमिका रिया चक्रवर्तीले चलाउने गरेको खुलेको छ । प्रहरीले अनुसन्धानका क्रममा रिया र सुशान्तको बैंक खाता जाँच गरेको थियो । सो क्रममा रिया चक्रावर्तीले सुशान्तको पैसा खर्च गर्ने गरेको प्रमाण प्रहरीले फेला पारेको हो । कति पैसा खर्च गरेकी थिइन् भन्ने कुरा बाहिर आउन बाँकी छ ।

सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महयाको कारण अझै खुल्न सकेको छैन । प्रहरीले साेधपुछ जारी राखेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *