शेयर बजार प्रवेशका लागि डिम्याट खाता अनिवार्य, यस्तो छ प्रक्रिया

काठमाडौँ । नविल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले डिम्याट खाताको लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैङ्कले श्रावण १ गतेदेखि लागू हुने गरी उक्त योजना सार्वजनिक गरेको हो ।

लगानी कर्ताहरूलाई शेयर बजारमा प्रवेश गराउन डिम्याट खाता आवश्यक पर्ने भएकाले बैङ्कले यो योजना ल्याएको जानकारी दिएको छ ।

कम्पनीले विद्यमान कोरोना भाइरस (कोभिड १९) को कारणले लगानीका क्षेत्र खुम्चँदै गएको अवस्थामा नेपालको वित्तीय बजार सुधारका लागि कम्पनीले यस्तो योजना ल्याएको बताएको छ । डिम्याट खाताले लगानी कर्ताहरूलाई शेयर बजारमा प्रवेश गराउन सजिलो हुने छ ।

ग्राहकको हितलाई ध्यानमा राख्दै यहीँ श्रावण १ गतेदेखि लागु हुने गरी डिम्याट खाता खोल्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो योजनामा यस कम्पनीले दिँदै आएको वित्तीय बजारसँग सम्बन्धित विभिन्न ५ (पाँच) वटा सेवाहरूमा लाग्ने शुल्क तथा दस्तुरहरूमा एक पटकको लागि पूर्णरुपमा छुट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *