विराटनगरमा संस्थागत विद्यालयका शिक्षक आन्दोलित

विराटनगर । विराटनगरमा संस्थागत विद्यालयका शिक्षक आन्दोलित भएका छन् । पारिश्रमिक पाउनुपर्ने माग राख्दै संस्थागत विद्यालय शिक्षक यूनियन (ईस्टु) ले विरोध प्रदर्शन गरेको हो ।

गत माघ/फागुन महिनादेखि पारिश्रमिक नपाएको भन्दै संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले बुधबार प्रदर्शन गरेका हुन् ।

शिक्षकहरु ‘हामीले मागेको भिख होईन पारिश्रमिक हो, हामी गुणस्तरीय शिक्षा दिन प्रतिवद्ध छांै, हाम्रा लागि सरकार कहाँ छ ?’ लगायतका पम्पलेटसहित मुख्यमन्त्री कार्यलय पुगेका थिए ।

निजी विद्यालय संचालकहरु परिश्रमिकको विषयमा गम्भीर बन्न छोडेर कोभिड– १९ रोकथाम तथा न्यूनीकरणका लागि कार्यन्वयन भएको लकडाउनको कठिन अवस्थामा शिक्षक निकाल्ने गतिविधि गरिरहेकाले आन्दोनमा उत्रिनु परेको संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) का मोरङ अध्यक्ष मोहन खनालले बताए ।

उनले भने ‘हामीलाई बन्दाबन्दीको समयमा माग, फागुनदेखि पारिश्रमिक दिएका छैनन्, यो विषयमा न संचालक गम्भीर छन् न राज्य नै ।’

त्यस्तै विद्यालय बन्द भइरहेको अवस्थामा शिक्षकहरुलाई सामान्य राहत हुनेगरी समेत विद्यालय सञ्चालकले शिक्षकहरुका समस्याप्रति बेवास्ता गरिरहँदा सरकारसमेत निरीह बनेको संंस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का नगर समिति उपाध्यक्ष मञ्जु मण्डलले बताइन् ।

‘शिक्षक कर्मचारीहरुलाई खाइपाइ आएको सबै महिनाको तलब उपलब्ध गराइयोस्, बिना कारण शिक्षक कर्मचारीहरुलाई निष्कासन गर्ने कार्य तुरुन्त बन्द गरियोस् र निष्कासित शिक्षक कर्मचारीहरुलाई पुनर्वाहाली गरियोस्, र सम्पूर्ण निजी लगानीमा संचालित विद्यालयहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचीकृत हुने बाध्यकारी व्यवस्था गरियोस्’ लगायतका ३ बुँदे मागसहित मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र पनि बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *