पूर्व डीआइजी कोइराला थुनामुक्त

काठमाडौं । पूर्व डीआइजी रञ्जन कोइराला आज थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक कोइराला थुनामुक्त भएका हुन् ।

कोइरालालाई डिल्लीबजार कारागार प्रशासनले थुनामुक्त गरेको हो । सर्वोच्चको पत्र प्राप्त भएपछि उनलाई थुनामुक्त गरिएको जेलर गणेश आचार्यले जानकारी दिए ।

सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *