गायक खेम सेन्चुरीको ‘नरोउ नरोउ निरमाया’ बजारमा (भिडियोसहित)

काठमाडाैं । पछिल्लो समय लोकदोहोरीमा एकछत्र राज गरेका चर्चित गायक खेम सेन्चुरी र रचना रिमालको स्वर रहेको दोहोरी गीत ’नरोउ नरोउ निरमाया’ बजारमा आएको छ ।

दैनिकजसो गायक सेन्चुरीका नयाँ नयाँ गीतहरु बजारमा आइरहेका छन्, जसको लय, शब्द तथा आवाजले दोहोरीमा तहल्का पिटिरहेको छ । उनैकाे नयाँ गीति ’नरोउ नरोउ निरमाया’ ओबी रायमाझी युट्युब च्यानल मार्फत् बुधबार बजारमा आएको हाे ।

गीतकाे भिडियाेमा चर्चित मोडल ओबी रायमाझी र सुमी पुरीको अभिनय देख्न सकिन्छ । मन्जु पुरीको निर्माण रहेको उक्त गीतमा खेम सेन्चुरीको लय र नेत्र अर्यालको शब्द रहेको छ भने गीतको म्युजिक भिडियो क्रान्ति केसीले निर्देशन गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *