मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

हाेमनाथ घिमिरेकाे दुइ कविता

 

सेवक

सारा काम भए फजूल जनमा, सम्मान फोटो गरौ ।
खाली पुस्तकका बिचारहरुका, सिद्धान्त मात्रै पढौ ।।
आफ्ना वाद विवाद स्वार्थहरु मैं, राखौ सधै गन्थन ।
आफ्ना स्वार्थ अभिष्ट मिल्छ जसमा, गर्दै सबै मन्थन ।।एक।।

जस्ले दिन्छ ठुला ठुला मुलुकका, दृष्टान्त राम्रा कुरा ।
जस्ले लिन्छ किताब ज्ञानहरु का, आदर्श बन्छन् छुरा।।
जस्ले गर्छ लिएर दम्भ मनमा, राख्दै सबै गुम्फन ।
आफ्नो हुन्छ सबै छ हीत जसमा, गर्दै रहौ मन्थन ।।दुई।।

तोडौ राष्ट्र सबै लडाइ जन यी, भुल्दै अझै स्वार्थ मा।
आफ्ना दन्त बझान मात्र दिन दिनै, लुच्चो र वेअर्थमा ।।
ऐले देश छ बिघ्न आपत भरी, गर्दै रडाको झन ।।तीन।।
आफ्नो भाग चुलिन्छ जे जस गरी, छोड्दै नछोडौ धन।।चार ।।

मान्छे सास र आश लास बिचमा, काट्दै रहेछन् दिन ।
ढोका झ्याल थुनेर बात छ सधै, गर्छौ र के गन्थन? ?
यत्रो बर्ष बितेर गो मुलुकको, कस्तो बनायौ भन ?
तिम्रा स्वार्थ भरी लिएर सगमा, लौजाउ त्यै घाटमा ।।पाँच ।।

खै दृष्टान्त कतै छ यो मुलुकमा, दिन्छौ विदेशी सबै।
कोही नायक खै अझै मुलुकको, गर्छौ अझै बाहिरै ।।
बाचा के जनमा चुनाव तिरका, गर्दै हिडेका कति ?
ऐले यो गति भो छ त्रस्त जनता, बन्छौ बिरालो कतिका ।।छ।।

यस्तो घोर यहाँ महासमरमा, खोलेर छाती बढ ।
बृद्वा बालक दीन मानिस सबै, बग्दै छ आँसू पढ ।।
जम्मै लालच लोभ दुष्ट पन ती, झोसेर आगो तक ।
सत्ताको रसमा गर्‍यौ चकचकी, बन्द्यौ यहाँ सेवक ।।सात।।
रचना मिति: 2077/04/07

जोखिन्छ आफै भने !

सारा सृष्टि भरी सबै चरहरू, आफ्नै गरी आर्जन ।
गर्छन् पाल र पोषका जतन ती, गर्दैन आथ्था किन ?
भन्दैनन् म ठुलो तॅ तुच्छ जगमा,गर्दैन खोजी भनेर !
व्यर्धै मानिस मात्र खै अबुझले, जोखिन्छ आफै भनेर!!एक।।

डिग्रीका भरले छ नाम उसका , बन्दैछ छुट्टै नर !
सिक्रीका भरले छ काम उसका, गर्दै अनौठा तर !
सत्ताका भरले छ दाम उसका, मान्दैन कोही भने ।
व्यर्धै मानिस मात्र खै अबुझले, नापिन्छ आफै भने ।।दुई।।

यौटै चक्र घुमेर जीवहरुले, धर्ती सगै झुल्दछन् ।
यौटै वक्त बितेर जीवहरुले,बास्ना सगै भुल्दछन् ।।
यौटै ईश र ईश्वरी छ जगमा, बांडिन्छ आफै भने!
व्यर्धै मानिस मात्र खै अबुझले, टाढिन्छ आफै भने ।।तीन।।

यौटै घाम र जून झर्छ किरणका, गर्दैन कोही पर !
यौटै वायु र सास फेर्छ पवनका, भन्दैन के हो थर !!
यौटै प्यास छ जीवको तन अहो! ठान्दैन अर्कै भने ।
व्यर्धै मानिस मात्र खै अबुझले, पोखिन्छ आफै भने ।।चार।।

सारा सृष्टि भरी कुनै तपनमा, लड्दै छ आफै पर ।
बेथा हो सबको छ एक चरमा, पर्दैछ आफ्नै भर ।।
हो नाटकको छ पात्र बिचरा, छोपिन्छ पर्दा भने ।
व्यर्धै मानिस मात्र खै अबुझले, चिम्लिन्छ आखा भने ।।पाँच ।।
रचना मिति: 2077/04/09

प्रतिकृयाहरु
Loading...