आज साउन १४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. साउन १४, २०७७ । ई.सं. 29 July, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० गुँलाथ्व । प्रमादी दक्षिणायन वर्षा । बुधवार श्रावण शुक्लपक्ष । तिथि दशमी, २६:१८ बजे उप्रान्त एकादशी । नक्षत्र विशाखा, १०:४५ बजे उप्रान्त अनुराधा । योग शुक्ल, १८:२२ बजे उप्रान्त ब्रह्म । करण तैतिल १५:२२ बजेदेखि गर, २६:१८ बजे उप्रान्त वव । चन्द्रराशि वृश्चिक । आनन्दादि योग धाता । दिनमान ३३।३७ । सूर्योदय ०५:२६ । सूर्यास्त १८:५३ । सर्वार्थसिद्धि योग १०:४५ बजेदेखि ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । सन्तान सुखपनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आस मारेको काम बन्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । भूमिबाटपनि लाभ रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक जमघट र समर्थन पाईएला । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

  • – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *