नेपाल प्रहरीकाे प्रवक्तामा कडायत, १० प्रहरी निरीक्षक अख्तियारमा

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत नियुक्त भएका छन् । नेपाल प्रहरीले कडायतलाइ केन्द्रीय प्रहरी प्रवक्तामा नियुक्त गरेकाे हाे । प्रहरी प्रधान कार्यालयले उक्त जानकारी दिएकाे छ ।

यसैगरि हिजाे बुधबार एक कार्यक्रमका विच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह सुशोभन गरेका छन् ।

फाइल फोटो

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा निरज बहादुर शाही र प्रद्य‌ुम्‍न कुमार कार्की रहेका छन् । नेपाल सरकार मन्त्रीपरिषदको २०७७ साउन १२ गतेको निर्णयअनुसार शाही र कार्की प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए ।

साथै दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी उपरीक्षकहरुमा पशुपति कुमार राय र श्याम कुमार मण्डल छन् । नेपाल सरकार सचिवस्तरको सोही मितिको निर्णय अनुसार उनीहरु नेपाल प्रहरीको सूचना प्रविधितर्फको प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नति भएका हुन्

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्रहरी अधिकृतहरुबाट आ-आफ्नो दक्षता अनुरुप थप उर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको बताए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितका लागि सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्नेमा उनले जोड दिएका थिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सामूहिक नेतृत्व सदैव संगठनको हितमा लाभकारी हुने चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति पश्चात नेतृत्व तह थप बलियो भएको बताउँदै आगामी दिनमा संगठनको हितको लागि समेत नेतृत्व तह अत्यन्तै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आफुहरु पदोन्नति पश्चात प्राप्त जिम्मेवारीप्रति उत्तिकै गम्भीर र इमानदार रहेको बताए ।

यसैगरी नेपाल प्रहरीका १० जना प्रहरी निरीक्षक अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका काजमा सरूवा भएका छन् । आयाेगमा काजमा जाने प्रहरी निरीक्षकहरूमा चेतना पोखरेल, अस्मिता कपाली, नरहरी अधिकारी, गङ्गाप्रसाद पौडेल रहेका छन् । यसैगरी गणेश बराल, रबिन्द्र पाण्डे, शंकर आचार्य, लक्ष्मण गिरी, बिरबहादुर थापा, दानसिंह मडै पनि आयाेगमा काजमा गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *