बाढी, पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत

काठमाडौं । सरकारले बाढी, पहिरो लगायत प्राकृतिक विपदमा परि ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति २/२ लाख उपलब्ध गराउने भएको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

अर्थ तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका डा. खतिवडाका अनुसार एक परिवारका एकजना भन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख थप गरी राहत उपलब्ध गराइने छ । एकद्वार प्रणालीमार्फत उक्त रकम उपलब्ध गराइने उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *