आज शेयर बजार हरियालीे, पुनर्बीमा कम्पनीको धेरै किनबेच

काठमाडौँ । शेयर बजार आज ७.५३ अंकले बढेको छ । ०.५३ प्रतिशतले बढ्दा परिसूचक १४३९.०६ अंकमा पुगेको हो । साताको चौथो दिन हिजो २३ अंकले घटेको शेयर बजारमा आज करेक्सन भएको छ ।

आज १८९ कम्पनीका ३४ लाख ३० हजार ५ सय ३२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६ सय ७८ रुपियाँ बराबरको कारोबार भएको छ । आज शेयर बजारमा हरियाली छाएको छ ।

सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको शेयर किनबेच भएको छ । उक्त कम्पनीको २२ करोड ९१ लाख ५५ हजार ६३ रुपियाँ बराबरको शेयर किनबेच गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *