‘इनफ इज इनफ’समूहको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं । ‘इनफ इज इनफ’अभियानले शुक्रबार (आज) प्रधानमन्‍त्री सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्ने तरखर गर्दै थियो ।

तर प्रदर्शन शुरु हुन नपाई प्रहरीले बालुवाटार सडकमा जथाभावी हस्तक्षेप गर्यो ।  प्रदर्शनमा सहभागी हुन आउनेलाई मात्र होइन, आफ्नो काम विशेषले सडक हिँडिरहेका बटुवालाई समेत प्रहरीले नियन्‍त्रणमा लिएको बताइएको छ ।

कोभिड १९ को रोकथाम र नियन्त्रणमा सरकारी प्रभावकारीताको माग गर्दै केही युवाले ‘इनफ इज इनफ’अभियान चलाएका छन् ।

सरकारसँग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै युवाहरु अनशनमा समेत बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *