सन्राजन बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिसेस् बीच सम्झौता, केही मिनेटमै पैसा पाइने

काठमाडौं । सन्राजन बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटी सर्भिसेस् लिमिटेड बिच अनलाइनको माध्यबाट रेमिटरयान्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहनेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ ।

यसरी एटी सभिसेस् मार्फत पैसा पठाउदा तुलनात्मक, अधिक्तम र उच्च विनिमय दरमा रकम पठाँउन सकिने व्यवस्था समेत गरेको छ ।

एटी सर्भिसेस् मार्फत हङ्गकङ्गबाट नेपालमा पठाँएको पैसा केही मिनेटमै सन्राइज बैंक लिमिटेडका देशभर रहेका १३४ शाखा र १० वटा विस्तारित काउन्टर तथा देशभरी छरिएका १० हजारभन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिने छ ।

सन्राइज बैंकमा खातावालाको हकमा भने देशभरका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था छ ।
सन्राइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिने बैंक विश्वस्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *