जनतासँग भेटघाट गर्दै गुनासो सुन्दै कृषि मन्त्री लामा

चितवन । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जनताको घरदैलोमा पुगेर उनीहरुको गुनासा सुन्ने काम गरेका छन् । गृह नगर चितवनको राप्ती आउँदा मन्त्री लामाले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग भेटघाट गरि गुनासाहरु सुन्ने र समाधानको काम गर्दै आएका छन् ।

यसै सिलसिलामा कृषि मन्त्री लामाले शनिबार आफ्नो क्षेत्रको खैरहनी नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेर जनताका गुनासो सुनेका छन् । उनले खैरहनी ६ को तुलसिपुर, १२ को कपिया र १० को कठारमा जनतासंग भेटघाट गरेका हुन् ।त्यस क्रममा स्थानिय जनताहरुले प्रदेशबाट बिनियोजन हुने कार्यक्रम तथा बजेट आफ्नो क्षेत्रमा माग अनुसारको नपरेको भन्दै मन्त्री समक्ष गुनासो गरे । साथै बजेट कार्यन्वयनमा सहज पार्न, कृषि तर्फ सिचाइ र मेसिनरी औजार उपलब्ध गराउन , कृषि सडकलाई प्राथमिकता दिन, चरम रुपमा अभाव भएको युरिया मल आपूर्ति गर्नु पर्ने लगायत माग गरेका थिए ।जवाफमा कृषि मन्त्री लामाले शुन्य अबस्थामा सुरु भएको प्रदेश सरकार पहिलो र दोस्रो बर्ष कानुन बनाउन केन्द्रित भए पनि बिकासको काम पनि संगै भएको बताए । प्रदेश सरकारको औचित्य नभएको भन्ने कतिपयले भन्ने गरे पनि यो अबधिमा सरकारबाट थुप्रै काम भएको मन्त्री लामाको दाबी थियो ।प्रदेश सरकारले चितवनमा कृषि र पशुपालनमा करोडौंको योजना बिनियोजन गरेको उल्लेख गर्दै उनले बिस्तारै कृषि क्षेत्रले फड्को मार्ने आशा समेत व्यक्त गरे । जनताका असिमित माग हुनु स्वाभाविक रहने भन्दै मन्त्री लामाले क्रमशः त्यस्ता मागहरु सम्बोधन हुँदै जाने आश्वासन दिए । भेटघाटका क्रममा सम्बन्धित वडाका जनप्रतिनिधि , राजनिती दलका प्रतिनिधि , विभिन्न संघसस्थका प्रतिनिधि लगायत स्थानीयबासी उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *