अभियान्ता ईः अस्पताल भर्ना, अनशन जारी

काठमाडौं । इनफ इज इनफका अभियान्ता ईः ह्याम्स अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन् । अस्पतालमै उनले अनशन जारी राख्नेछन् ।

अभियान्ता ईः काेभिड १९ काे सबल व्यवस्थापनकाे माग राख्दै अनशन बसेकाे आज १७ दिन पुगिसकेकाे छ । उनी यसअघि पनि सलाइन पानी चढाएर बसन्तुपरमा अनशन बसेका थिए । स्वास्थ्यमा थप समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

काेभिड ग्रुुपकाे याे दाेस्राे अनशन हाे । यसअघिकाे अनशनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन ताेडिएकाे थियाे । अनशन ताेडेकाे १२ दिन बितिसक्दा पनि माग पुरा नभएपछि पुनः अनशन थालिएकाे हाे । गगन थापा, शेरबहादुर देउवा, रविन्द्र मिश्र लगायत प्रतपक्षी दलका अधिकांश नेताहरूले उनीहरुको अनशनमा ऐक्यबद्धता जनाइसकेका छन् । सत्तारूढ दलका नेताहरू भने अनशन स्थलसम्म पनि पुगेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *