सामाजिक सञ्जालमा भाइरल भिडियो मलेसियाकाे, कुट्ने र कुटाइ खाने दुवै नेपाली

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको सेक्युरिटी गार्डमाथिकाे कुटपिट घटना मलेसियाको भएको पाइएको छ । मलेसियास्थित नेपाली दुतावासले यसबारे जानकारी गराएको हो ।

दुतावासका अनुसार कुट्ने र कुटाइ खाने दुवै नेपाली हुन् । कुटाइ खाने पिडित नवलपरासीका इस्लाम हुसेन हुन् भने कुट्ने पिडक कपिलवस्तुका राम गाेपाल मुराउ हुन् । उनीहरू दुवै अवैध रूपमा बस्दै आएका छन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान क्वालालम्पुरकाे वाङ्सामाजुस्थित प्रहरी स्टेशनले गर्ने जानकारी दिइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *