भौतिक दूरी कायम गर्न विश्व स्वास्थ्य संगठन नेपालको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन, नेपालले भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।

नेपालस्थित संगठनका प्रतिनिधि जोस भ्यान्देलियरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन् ।

पछिल्लो समय सरकारले बन्दाबन्दी (लकडाउन्) हटाएपछि मानिसहरूले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएकाले संक्रमण कम गर्न दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको उनले बताए ।

तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्यान्देलियरले दुरी कायम गर्न अपिल गरेका हुन् ।

खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन उनले अपिल गरेका हुन् ।

कम्तीमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न उनले आग्रह गरेका उनले मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने बताए ।

डब्लुएचओ नेपाल प्रमुखको आग्रह– दूरी बढाऔं, संक्रमितबाट जोगिऔं
कोभिड–१९ ले हामी सबैलाई असर गरेको छ। हामीले खोक्दा अथवा छुँदा कोभिडको भाइरस अर्को व्यक्तिमा संक्रमण भइरहेको छ। यो रोग संक्रामक भए पनि जोगिने सजिला उपाय छन्। हामीले एक अर्काबीच दूरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं।

कम्तीमा १ मिटरको दूरी कायम गर्न सक्यौं भने मात्र पनि जोगिन सकिन्छ। हामी आफै संक्रमित भए अरूलाई पनि संक्रमण बनाउन सक्छौं। तर हामीले एक अर्का बीच दूरी कायम गर्न सके संक्रमण हुने सम्भावना कमै मात्र हुन्छ। त्यसैले एक अर्का बीच दूरी बनाउनु धेरै महत्वपूर्ण छ।

हामीले दूरी कायम गर्न सकेमा संक्रमण रोक्न, लकडाउन हुन नदिन, संक्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ। भौतिक दूरी कायम गर्नु संक्रमण रोक्ने अचुक कडी हो। यस्तै मास्कको प्रयोग अर्को सरल उपाय हो। यसले पनि संक्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा रोक्न मद्दत गर्दछ। 

नियमित हात धुनु पनि संक्रमण रोक्ने अर्को उपाय हो। हामीले दूरी कायम गर्न सके कसैलाई छुन पर्दैन। यसैले मेरो सबै नेपाली दाजुभाइलाई विनम्र अनुरोध छ– दूरी बढाऔं, संक्रमितबाट जोगिऔं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *