विश्वकै कान्छी प्रधानमन्त्रीले प्रेमिसँग कसिन् लगनगाँठो

काठमाडौं । विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री ३४ वर्षीया सन्ना मारिन आफ्नो प्रेमि मार्कस राइकोनेसँग वैवाहिक बन्धनमा बाँधिएकी छिन् । १६ वर्षदेखिको प्रेमलाई उनीहरुले गएको शनिबार विवाहमा परिणत गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुको विवाह भएको हो । विवाहमा सिमित आफन्तको मात्रै उपस्थिति रहेको थियो । १८ वर्षकाे हुँदा टाम्पेरामा उनीहरूकाे पहिलो पटक भेट भएको थियो । त्यसपछि सँगै बस्दै आएका थिए । अहिले यो जोडीकाे साढे २ वर्षकी छोरी समेत छिन् ।

२०१९ डिसेम्बरमा ३४ वर्षीया सन्ना फिनल्याण्डकी प्रधानमन्त्री बनेकी थिइन् । उनी फिनल्याण्डकी तेस्रोा महिला प्रधानमन्त्री पनि हुन् । उनी २०१५ देखि नै साेशल डेमाेक्रेटिक पार्टीबाट संसदको सदस्य समेत बनेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *