कोरोना संक्रमणबाट थप एक वृद्धको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरको कोशी अस्पतालमा एक वृद्धको मृत्यु भएको छ । सोमबार बिहान ९ बजे अस्पताल भर्ना भएका ७७ वर्षीय वृद्धको दिउँसो सवा ३ बजे मृत्यु भएको हो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार ज्वरो र स्वासप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका– ५ का ७७ वर्षका वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । मृत्यु भएको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । ती वृद्धमा मधुमेहको समस्यासमेत रहेको र चार दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *