भेला बैठक र शैक्षिक गतिविधि नगर्न निर्देशन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो ।

जिल्लामा केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य सङ्घसंस्थाले बैठक तथा भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न भनेको छ ।

निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै जिल्ला प्रशासन कार्यालयले शैक्षिक गतिविधि नगर्न समेत निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहिको हस्ताक्षर रहेको सूचनामा केही शैक्षिक संघसस्थाले शैक्षिक गतिविधि संचालन गरेको सुचारु कार्यालयमा आएकाले त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *