प्रदेश १ मा १८ कोरोना सङ्क्रमित थपिए, ९० वर्षीया वृृद्धासहित ५७ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज (बुधकार) १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार मोरङको विराटनगरमा ६ पुरुष ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सूर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।


हालसम्म प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ । आजै प्रदेश १ मा ९० वर्षीया बृद्धा सहित ५७ जना डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएका छन् ।


विराटनगरबाट डिस्चार्ज भएकाहरूलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास लगायतले बिदाइ गरेका थिए ।

डिस्चार्ज हुनेमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र तेह्रथुमका १–१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ८ सय ८७ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *