सेञ्चुरी कमर्सियल बैँकद्वारा थ्री डी सेक्युर सेवा सुरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैँकले आइजीलयिन्ट टेक्नोलोजिसँगको सहकार्यमा थ्री डी सेक्युर सेवा प्रारम्भ गरेको छ ।

बैंकले ग्राहकका लागि भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभइ कार्डबाट विभिन्न अनलाइन माध्यमबाट सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न थ्री डीसेक्युर सेवाको सुरुवात गरेको हो ।

थ्री डी सेक्युर सेवामा ग्राहकले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड (ओटीपी) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्री डी सेक्युरमा कार्ड रओटीपी दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुने बैंकले जनाएको छ ।
थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क आख्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *