आज साउन २५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल साउन २५ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–षष्ठी,५७ घडी ०० पला,रातको ०४ बजेर २० मिनेट उप्रान्त सप्तमी । नक्षत्र–रेवती,३१ घडी ४३ पला,बेलुकी ०६ बजेर १३ मिनेट उप्रान्त अश्विनी । योग–धृति,०४ घडी ०० पला,बिहान ०७ बजेर ०८ मिनेट उप्रान्त शूल । करण– गर,दिउसो ०३ बजेर १९ मिनेट उप्रान्त वणिज,रातको ०४ बजेर २० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मीन,बेलुकी ०६ बजेर १३ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ०३ पला । विश्व आदिवासी दिवस। पञ्चक बेलुकी ०६ बजेर १३ मिनेटमा समाप्ती ।

आजको बार बेला ।
बिहान ५ बजेर ३२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ५ बजेर ३३ मिनेटदेखी बिहान ७ बजेर ११ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर १२ मिनेटदेखी बिहान ८ बजेर ५० मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ५१ मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०८ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर ०९ मिनेटदेखी दिउसो १ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४९ मिनेटदेखी दिउसो ३ बजेर २७ मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर २८ मिनेटदेखी साझ ५ बजेर ०६ मिनेटसम्म उद्वेग बेला ।
साझ ५ बजेर ०७ मिनेटदेखी बेलुकी ८ बजेर ०६ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल :
बेलुकी ०५ बजेर ०५ मिनेटदेखी साझ ०६ बजेर ४५ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउनेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । तरपनि बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउन सक्नेछन् । अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ । साझपख समय राम्रो रहेकोले समाजमा राम्रा काम गरि नाम कमाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा नोकरीमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने तथा राम्रा काम गर्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययन तथा काममा फर्कनेहरुका लागी यात्राको साईत जुर्र्नेछ । समय लागेपनि रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् । अध्ययनमा मन जाने हुनाले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । साझपख स्वास्थ्यमा समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले खाद्यान्न तथा औषधिजन्य व्यापार व्यावासायमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । रोजगारको खोजिमा हुनुहुन्छ भने काम पाउने तथा नोकरिमा पदोन्नतीको योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने माता पिताको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मनमा धार्मिक प्रवृति जागृत हुने तथा छोटो दुरिको धार्मिक यात्रा गर्न सकिनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । समयले साथ दिने हुनाले राम्रा काम गर्न सकिनेछ । प्रतिस्पर्धीहरु बाधक देखिएपनि अन्तत उनिहरुलाई पनि समेटेर काम बनाउन सकिनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा सहयोगिहरु टाडिने हुँदा एक्लोपनको महशुष हुनेछ भने सहयोग गर्नेहरु कमै भेटिनेछन् । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा दैनिकि कष्टकर हुनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि आजको दिनले साथ दिने छैन । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्ने तथा उपचार खर्च बढेर जानेछ । सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मानव निर्मित तथा भौतिक साधनको व्यापार व्यावसाय फस्टाएर जानेछ । जीवन साथि तथा मन परेको मानिसका साथ रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न रहनेछ । परिवारबाट तपाईँको काममा पूर्ण समर्थन प्राप्त हुनाले नयाँ योजना बनाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा अगाडि तपाईको नाम आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । साझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिस्पर्धा भावमा गोचर गर्ने शुभ चन्द्रमाले अध्ययन तथा नोकरिमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । मर्मत तथा निर्माण सामाग्रीहरुको व्यापारमा वृद्धि हुनेछ । स्रोत साधन जुट्नाले दैनिकीमा समेत परिवर्तन आउनेछ । अध्ययनमा समय दिनेहरुका लागी समय उत्तम रहेकोछ । लामो समयदेखि रोकिएर बसेका अदालती निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा मामाबाट सहयोग पाईनाले मन प्रशन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइ गति तिब्र अगाडि बढ्नेछ भने बौद्धिक कार्यमा सहभागि भई उत्कृष्ट प्रश्तुति दिई भनेजस्तो पारिश्रमिक हात लगाउन सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । समुदायको हितमा काम गरि नाम कमाउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा अबिस्वास पैदा हुनेछ । समाजसेवामा समय व्यातित हुनाले आफ्नो काम थाति रहनेछ । स्वास्थ्यमा समस्या आई लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ । तरपनि कृषि तथा पशुपालन र बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साझसम्म पराक्रम भावमा गोचर गर्ने शुभ चन्द्रमाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुने योग रहेकोछ । उत्पादनमुखी उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । साझबाट सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उत्तम बस्त्र तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । खाद्यान्न,धातु तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जानेछ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको काम देखेर सबैजना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीको सहयोगले राम्रा काम गर्र्न सकिनेछ । साझपख छोटो दुरिको रमाईलो यात्रा हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पहिलेका कमजोरिहरुलाई सुधार गर्दै प्रविधिको प्रयोग गरि नयाँ काम गर्न सकिने तथा मनग्गे लाभ लिन सकिनेछ । व्यापारमा वृद्धि हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिने हुनाले घर परिवारका सबै आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *