सुनको मूल्य प्रतितोला ९ सय घट्यो, कारोबार कतिमा ?

काठमाडौँ । केही दिन देखि लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ९ सय रुपियाँ घटेको हो । भने चाँदीको मूल्य भने प्रतितोला ५ रुपियाँ बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय १० रुपियाँमा निर्धारण गरिएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख ३ हजार रुपियाँ र चाँदी प्रतितोला एक हजार ४ सय ५ रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *