काठमाडौंमा ९० सहित देशभर थपिए ३८० संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३८० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरे ।

संक्रमितमध्ये उपत्यकाका ९२ जनामा संक्रमण पुष्टि भएकाे छ । काठमाडाैंका ९० र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएकाे हाे । अन्य संक्रमित विभिन्न जिल्लाका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४० जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ भने हालसम्म १६ हजार ३५३जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

६ हजार ५४४ सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार जारी छ । देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा ८ हजार ५१५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *