भारतले सच्यायो आफ्नो अभिव्यक्ति, भन्यो – ‘बुद्धको जन्मभूमि नेपाल नै हो’

काठमाडौं । भारतले आफ्नो अभिव्यक्ति सच्याएको छ । शनिबार भारतका विदेशमन्त्री डा. एस जयशंकरले बुद्धलाई महान् भारतीय बताउँदै एउटा भिडियो सार्वजनिक गरेका थिए।

उनको त्यो अभिव्यक्तिको नेपालमा विरोध भएपछि उक्त अभिव्यक्ति सच्याउँदै भारतको विदेश मन्त्रालयले गौतम बुद्धको जन्मभूमी नेपालमै भएकोमा कुनै शंका नभएको बताएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले पनि गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै आइतबार विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिमा बुद्धको जन्म ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित भएको बताइएको थियो।

त्यसपछि भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बुद्ध नेपालको लुम्बिनीमा जन्मेकोमा कुनै शंका नभएको बताएका हुन्।

उनले यस विषयमा थप स्पष्ट पार्दै विदेशमन्त्री जयशंकरले बौद्ध धर्मका सम्पदा नेपाल र भारत दुबै देशको साझा भएको बताउन खोजेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *