मेडिसिटीमा उपचाररत् काेराेना संक्रमित पुरूषकाे मृत्यु

काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत् एक जना काेराेना भाइरस (काेभिड १९) संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । आज (साेमबार) बिहान उनकाे मृत्यु भएकाे ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले मकालु खबरकाे कुराकानीमा पुष्टि गरे ।

जनस्वास्थ्य प्रमुख गेलालका अनुसार मृतक ६४ वर्षीय पुरूष कीर्तिपुर ट्याङ्लाफाँटका हुन् । उनी निमाेनिया र मधुमेहका बिरामी थिए । उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनीमा काेराेना संक्रमण पुष्टि भएकाे जनस्वास्थ्य प्रमुख गेलालले बताए । अहिले मृतकको शव अस्पतालमै छ । सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेकाे उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारे पुष्टि गरिसकेकाे छैन । मन्त्रालयले आइतबारसम्म पुष्टि गरेकाे विवरण अनुसार हालसम्म देशभर काेराेना संक्रमित मृतक संख्या ७५ छ । संक्रमित संख्या २२ हजार ९७२ छ भने संक्रमितमध्ये १६ हजार ३५३ उपचारपछि निकाे भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *