भारतमा कोरोना संक्रमणदर बढ्दोः २४ घण्टामा ६२ हजार संक्रमित थपिए, १ हजार बढीको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमित दर बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ६२ हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार ७ जना संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

योसँगै भारतमा कोरोना संक्रमित संख्या २२ लाख १५ हजार ७४ पुगेको छ । संक्रमितमध्ये ४४ हजार ३८६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *