देशभर १४० जना काेराेना संक्रमित डिस्चार्ज हुँदा ३३८ जनामा संक्रमण पुष्टि
मकालु खबर
२०७७ साउन २६ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३३८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ भने १४० जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (सोमबार) को प्रेस बिफ्रिङका क्रममा यसबारे जानकारी दिएका हुन् । आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । संक्रमितमध्ये १६ हजार ४९३जना डिस्चार्ज भइसकेका छन् ।
६ हजार ७३८ सक्रिय संक्रमितहरुको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार चलिरहेको छ । देशभर १० हजार ७५९जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको पीसीआर परीक्षण भएको छ ।
आज थपिएका संक्रमितमध्ये उपत्यकाका ४४ जना छन् । काठमाडाैंका ३६, भक्तपुरका ४ र ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएकाे हाे । अन्य संक्रमितहरू विभिन्न जिल्लाकाे रहेकाे प्रवक्ता गाैतमले बताए ।
मकालु खबर
२०७७ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित