गोंगबु हत्याकाण्ड प्रकरणमा चितवनबाट एक महिला पक्राउ

काठमाडौँ । गोंगबु हत्याकाण्डका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

गोंगबुको गणेशस्थान नजिकै दाङका कृष्णबहादुर बोहराको हत्या गरी फालेको आरोपमा चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

आइतबार विहान गोंगबुको गणेशस्थानबाट हत्या गरिएका बोहराको शरीरको मुख्य भाग सुटकेशमा फेला परेको थियो भने टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । प्रहरीलाई शव पहिचान गर्न समस्या भएपछि बोहराको तस्विर सार्वजनिक गरिएको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेका थिए । शवको सनाखत भएपछि प्रहरीले प्रहरीले हत्या गरिएको घर पत्ता लगाएको थियो ।

बोहराको हत्या गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा गरिएको र शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र गोडा फेला परेको थियो ।

हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *