‘नेकपा गम्भिर आइसोलेसनमा गएको हो त ?’

काठमाडौं । सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यशैली विरुद्ध एकताबद्ध भएका शिर्ष नेताहरु गल्दै गएको नेकपाकी नेतृ लक्की शेर्पाले बताएकी छन् । सामाजिक सञ्जाल फेसवुकमा लेख्दै पूर्वराजदुत समेत रहेकी शेर्पाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टीको निर्णय मान्दिन भन्दा शिर्षस्थ नेताहरुले केही गर्न नसकेको जिकिर गरेकी हुन् ।

उनले स्थायी कमिटि पनि प्रधानमन्त्रीका अगाडी कमजोर भएको समेत आशंका गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘पार्टी कमिटिको बैठक बहिस्कार गर्ने, पार्टीको निर्णय मान्दिन भन्नु, पदको लोभमा नेतृत्वलाई खुइलाएर नाङ्गै बनाइसक्दा पनि स्थायी भन्नेहरु चाइचुइ नगर्नु, मुल नेतृत्व पनि लुत्रुक्क भिजेको बिरालो जस्तो हुनुले नेकपा गम्भिर आइसोलेसनमा गा‘को हो त ?’ शेर्पाले प्रश्न गरेकी छन् ।

नेकपाभित्रको शिर्ष नेतृत्वहरुविचको विवाद चरमोत्कर्षमा पुगेको बेला पार्टी उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको विवाद मिलाउन ६ बुँदे सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीलाई सजिलो हुने गरी गौतमले सहमतिका बुँदाहरु ल्याएपछि ओलीका पक्षमा एक भएका बामदेव सहित प्रचण्ड, झलनाथ, माधव नेपाल पक्ष द्विविधामा परेका छन् ।

गौतमले तत्कालका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा निरन्तरता दिने, एकता महाधिवेशनसम्म प्रचण्ड सबै अधिकार सहित पार्टी अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने, प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने, तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाको लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुर्नगठन तथा राजनीतिक, संबैधानिक नियुक्ति गर्ने लगायतका विषयहरु ल्याएका छन् ।

त्यसपछि नेकपाका ओली र प्रचण्ड पक्षका नेताहरु विच खासै संवाद भएको छैन । पार्टीका प्रथम अध्यक्ष ओलीको अनुपस्थितिमा बसेको स्थायी कमिटि सदस्यहरुको बैठकले ओलीले एक पक्षीय रुपमा स्थायी कमिटि बैठक स्थगित गरेको निष्कर्ष निकाल्नु शिवाय अन्य निर्णयहरु गर्नपनि सकेको छैन । यहि परिदृश्यमा नेकपा पोलिटब्यूरो सदस्य शेर्पाले ओलीले पदको लोभमा पार्टी नेतृत्वलाई खुइलाएर नाङगै बनाई सक्दा पनि स्थायी कमिटिले केही गर्न नसकेको जिकिर गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *