ट्रायल दिन ड्राइभिङ स्कुलबाट पास भएको प्रमाणपत्र अनिवार्य !

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक-फरक बनाउन अर्थ मन्त्रालयले नदिएको आरोप लगाएका छन् ।

सिंहदरबारमा प्रदेशका यातायातमन्त्रीहरुसँग यातायात क्षेत्रका बारेमा छलफल गर्दै उनले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन अलग अलग ड्राफ्ट गरेर अर्थ मन्त्रालय पठाएको भएपनि अर्थ मन्त्रालयले मर्ज गरेर एउटै बनाएर पठाइदिएको बताए । उनले सडक सुरक्षा ऐन अलग हुनुपर्ने दबाब आफूलाई आइरहेको बताए । यातायात मन्त्रालय सडक सुरक्षा ऐन अलग्गै बनाउनुपर्ने पक्षमा रहेको बताए ।

उनले भने, ‘सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन अलग अलग ड्राफ्ट गरेर मन्त्रालयबाट पठाइयो । अर्थ मन्त्रालयबाट त्यसलाई मर्ज गरेर एउटै बनाउनुपर्छ भनेर मर्ज गरेर पठाइएको छ । चौतर्फी रुपमा सडक सुरक्षा ऐन अलग हुनुपर्छ भन्ने दबाब छ । विभिन्न देशको अनुभव पनि सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक फरक छ । सडक सुरक्षा ऐन अलग्गै गराउने गरी प्रश्ताव पास गर्नुपर्छ । हामी अलग्गै बनाउनुपर्छ भन्ने पक्षमा छौँ ।’

मन्त्री ज्वालाले प्रदेशपिच्छे सवारी करको दर भिन्नभिन्न हुँदा समस्या उत्पन्न भएको भन्दै एकरुपता ल्याउन आग्रह गरे । मन्त्री ज्वालाले ड्राइभिङ स्कुलबाट प्रशिक्षण लिइ पास गरेको प्रमाणपत्र पेस गरेपछि मात्रै ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे ।

प्रतिक्रिया

3 thoughts on “ट्रायल दिन ड्राइभिङ स्कुलबाट पास भएको प्रमाणपत्र अनिवार्य !

  1. सरकारले ड्राइभिङ स्कुल कहाँ खोलेको होला? म ट्रायल दिन जादा त्यही स्कुलको प्रमाणपत्र लिएर जान्थ्ये । हे सरकार कम्तीमा एउटा जिल्लामा एक वटा ड्राइभिङ स्कुल खोलिदेउ शिक्षार्थीहरु धेरैलाई खाचो छ ।

  2. कुरा ठिक हो, अझ कुना कुनामा ट्राफिक, सिभिल ट्राफिक राख्नु पर्‍यो, बाइकको स्वरुप परिवर्तन गरेर चलाउनेलाई सख्त कारबाही गर्ने तदारुकता पनि देखाउनु पर्‍यो ✌️

  3. driving center posne khel ho, ghar mai bike scooter chalauna janne le kina driving center lai paisa khwaunu paryo? Nachahine ra janata marne niti, yasta netaharu lai bhate karbahi garnuparxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *